सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंतिलाई प्रचण्डको आह्वान

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकार साझेदार साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले सो आह्वान गरेका हुन् । अवको चार महिना आफ्नो पार्टीसहितको वाम-लोकतान्त्रिक सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने उनले बताए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम-लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’

बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ ।
पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: