अनेरास्ववियुकी नेता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुुस्तक विमोचन

काठमाडौँ । अनेरास्ववियुकी नेता सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुुस्तक शनिबार विमोचन गरिएको छ ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले समृद्धिका सपना पुस्तक विमोचन गरेका हुन् । पोखरेलले नेता बरालको लेखनको प्रसंशा गदै आगामी दिनमा थप प्रगतिको कामना गरेका छन् ।
पुस्तक विमोचन गर्दै महासचिव पोखरेलले ‘समृद्धिप्रतिको संकल्प’लाई लिएर केही वैचारिक तर्कहरू अघि सारेका थिए । उनले भने,‘सुनिताजीलाई पुस्तकका लागि बधाई छ । यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ । सबै विषयहरू गहन छन् । त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसँगहरु उठाउनु भएको छ । उनले अगाडि भने, ‘साशन जे सुकै भएपनि त्यो साशनले जनतालाई सेवा प्रवाह कसरी गरिरहेको छ ? त्यसले महत्वपूर्ण अर्थ राख्छ । विचार र व्यवहारबीचको मेल छ कि छैन ? भन्ने कुराले अर्थ राख्छ । सुनिताजिले यस पुस्तकमा समृद्धि, विकास, राजनीति, वाद विचारहरूका बारेमा आफ्ना दृष्टिकोणहरू अघि सार्नु भएको छ । सामाजिक न्यायका बारेमा आफ्ना कुराहरू राख्नु भएको छ ।
बरालको पहिलो पुस्तक समृद्धिप्रतिको संकल्पमा राजनीतिक,प्रशासनिक,विकास तथा आर्थिक सामाजिक पक्षहरुको बारेमा गहन अध्ययनपछिका निष्कर्ष समेटिएको कार्यक्रमका वक्ताहरुले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया