२० वर्षपछि अफगानिस्तानमा तालिवानी शासन निश्चित, राष्ट्रपति भवन कब्जा

काबुल । अफगानिस्तानका तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् ।

रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए ।

स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी अधिकारीलाई उदृत गर्दै गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय पनि भएको थियो भने जुन समारोहमा गानी सहभागी हुने तय भएको थियो । तर उनी एकाएक विदेश भागेका हुन् ।

काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ । यसले २० वर्षपछि अफगानिस्तानमा तालिवानको शासन लगभग निश्चित गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: