सन्देशमुलक टेलिसिरियल ‘बाटुली’ प्रशारण

काठमाडौ । नेपाली समाजमा विभिन्न प्रकारका घटना घट्नेक्रमहरु घटी रहेका छन् ।
तिनै घटनालाई निराकरण गर्नको लागि बाटुली टेलिसिरियल ल्याईएको बाटुली सिरिएलक निर्माता ओम प्रसाद राईले बताउनुभयो ।

टेलिसिरियलमा क्यामेरा बिनोद किराती तथा भिडियो इडिट स्टोरीमा मौसम तामाङ रहेका छन् । बाटुली बनेर प्रमिसा तामाङले भुमिका निर्बाह गरकी छिन् भने आमाको संगिता पहरी, छोराको भुमिकामा मौसम तामाङ रहेका छन् । अन्य कलाकारहरु निमा रुम्बा, सन्जु मोक्तान , सायरा अधिकारी समेतको अभिनय रहेको बाटुली टेलिसिरियल ओसिएन युट्युब मार्फत भदौ १ गते देखि सार्बजनिक भएको हो । उक्त बाटुली सिरियलमा निर्देशन अनु राईको रहेको छ ।

समाजमा एउटा छुट्टै किसिमको सन्देशको छाप छोडी राम्रो प्रतिक्रिया पाउने आशा गरिएको बाटुली सिरिएलका कलाकार अनु राईले बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: