सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा वाग्मती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले बाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रीका अनुसार शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपाल निकट हुन् ।

०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा स्वकीय सचिव बनेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववत् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: