प्रधानमन्त्री देउवाद्धारा बागडोलस्थित नवनिर्मित ‘ज्यापु भवन’ को उद्घाटन

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री देउवाले शनिबार भवनको उद्घाटन गरेका हुन् ।
जेष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधासहित भवन निर्माण गरिएको ज्यापु समाजले जनाएको छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन्।
ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गरेका छन् ।

उनले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री देउवाले भने, “ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मान गर्छ । उनीहरूको सम्मानका लागि राज्यका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सरकार प्रतिबद्ध छ ।”
गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सुरक्षाका लागि भवन निर्माण हुँदा मुलुकका धेरै मानिसलाई ऊर्जा प्राप्त भएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पवित्र उद्देश्यका साथ वृद्धवृद्धाको सेवामा सुविधायुक्त आश्रयस्थ निर्माण गरी ज्यापु समाजले राष्ट्रिय भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘हामी तीन वटै तहका सरकार मिलेर यसमा आवश्यक वस्तुको व्यवस्था गर्नुपर्नेछ ।’
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जीवित इतिहासका धरोहर ज्येष्ठ नागरिकले भवनबाट राम्रो सुविधा पाउने अपेक्षाका साथ प्रदेशले भवन निर्माणमा रु दुई करोड ९१ लाख सहयोग गरेको जानकारी गराइन्।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उमेर ढल्केर साहराविहीन भएका नागरिकलाई छिमेकी मुलुकका तर्फबाट ज्येष्ठ नागरिक भवन निर्माणमा रु पाँच करोड सहयोग गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजको भवन र सोमा बस्ने मानिसको व्यवस्थापन गर्न आर्थिक चुनौती रहँदा सबैले सहयोग गर्ने अपेक्षा लिएको धारणा व्यक्त गरे ।
समाज यलका अध्यक्ष चन्द्र महर्जनले धेरै समाजसेवीको सहयोगमा भवन निर्माण भएको बताए । उनले भने, ‘यसै वडा निवासी स्व अष्टमान महर्जनले दान गरेको एक रोपनी १३ आना जग्गासहित रु ५० लाखमा हामीलाई रु पौने १४ करोड थप गरी चारतारे होटल तवरको सुविधासम्पन्न आधुनिक घर निर्माण प्रेरणा मिल्यो ।’
समाजका उपाध्यक्ष सन्तमान महर्जनले मानवको वृद्धावस्था अति नै कष्टकर हुने हुँदा सोको कल्याणका लागि भवन निर्माण गरेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया