विधान कार्कीको नेतृृत्वमा नेपाल म्यूजिक भिडियो निर्देशक समाज गठन

काठमाडौं । म्यूजिक भिडियो निर्देशनमा सक्रिय निर्देशकहरुको सक्रियतामा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको छ ।
निर्देशक विधान कार्कीको नेतृृत्वमा गठन भएको कार्यकारिणी समितीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्था स्थापना भएको जानकारी दिएको छ ।

समाजमा १५ जनाको संस्थापन कमिटी रहेको छ । जसमा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्धितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह–कोषाध्यक्ष निशान घिमिरे छन् ।

यस्तै, सदस्यहरुमा शान थापा, समन अधिकारी, गम्भिर बिष्ट, अनुप चापागाँई, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई छन् । समाजको सल्लाहाकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदिप पराजुली नियुक्त भएका छन् । यस्तै, समाजका प्रेस सल्लाहाकारमा जीवन कुमार पराजुली नियुक्त भएका छन् । कार्यक्रममा समाजका पदाधिकारीहरु तथा सल्लाहाकार सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
यो क्षेत्रलाई थप व्यवसायीक, मर्यादित र व्यवस्थित बनाउन ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको अध्यक्ष विधान कार्कीले जानकारी दिए । उनले, समाजमा सबै म्यूजिक भिडियो निर्देशकहरुलाई समावेश गराउने समेत बताए । तर, समाजमा सदस्यता लिनका लागि १५ वटा भिडियोको निर्देशन गरेको हुनुपर्ने प्रावधान तोकिएको छ ।
समाजका महासचिव सुव्रतराज आचार्यले भिडियोमा पनि कथा वाचन शैली सुरु भएको भन्दै भिडियोलाई दर्ता प्रक्रियामा लगेर व्यवस्थित बनाउन चलचित्र विकास बोर्डसँग आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नीतिगत रुपमा नै अगाडि बढ्न बोर्ड तयार रहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: