ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणमा उत्कृष्ट १५ जना छनोट

दोहा । एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जना छनोट भएका छन् ।

‘नेपाली कला, संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन– १ को दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनाेट भएका हुन् ।
तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनाेट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्राप्त ४० अंकबाट १५ जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका हुन् ।

१५ जना उत्कृष्ट प्रतिस्पर्धीमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) छन् । त्यसैगरी, कपिल पाइजापुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), रामचन्द्र राई (कतार), कृष्ण खवास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिशथापा (कतार) ररेशु स्याङ्दान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीकाअनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् । एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीको अध्यक्षतामा सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुती दिएका थिए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा विजेताले सात लाख रुपैयाँ, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ ।
ग्रान्ड फिनालेमा प्रवेश पाउने ५ जनाप्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: