
संगिता पहरी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकाे सुनकोसी गाउपालिका वडा नं. ३ मा यात्रुबाहक बस दुर्घटना हुदा मर्नेकाे संख्या ३ जना पुगेकाे छ भने घाईते हुनेहरुकाे संख्या ३१ पुगेकाे छ ।
भिषण बाढीले तहस नहस बनाएकाे सिन्धुपाल्चाेकबासीकाे घाउ पुरिन नपाउदै आज फेरी अर्काे दु:खद घटना घटेकाे छ । उक्त बस दुर्घटना बुधबार बिहान ११ बजेर ११ मिनेट जादा भएकाे थियाे ।
सिन्धुपाल्चाेककाे बाफल, ठोकर्पा हुदै कालिकाबाट काठमाडौं जादै गरेको बा ३ ख ८०३० नम्बरको बस कालिकाको छापमा दुर्घटना हुदा बसमा सवार यात्रुहरु मध्य अहिलेसम्म ३ जनाको दु:खद निधन भएको छ भने बाकी ३१ जना घाइतेहरुको धुलिखेल अस्पताल, काभ्रे र सिन्धु सदाबहार अस्पताल, खाडीचाैरमा उपचार भईरहेको स्थानीयले जनाएका छन् ।
उक्त दुर्घटना पश्चात् दुर्घटनास्थलमा तत्काल प्रहरी र स्थानियहरु मिलेर उद्दार गरिएकाे थियाे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया