प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा तिवारी र साम्सोहाङलाई मन्त्री नियुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरुले शुक्रबारै सपथग्रहण गरेका छन् । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

मन्त्रिमण्डल विस्तारका लागि शुक्रबार दिनभर छलफल भएको थियो । तर थप नाममा सहमति जुट्न नसकेपछि माधव समूह छाडेका दुई जनालाई मात्रै नियुक्त गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: