क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेडमा फर्किने

काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ ।

रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि २९२ खेल खेलेका उनले ११८ गोल गरेका थिए ।२३ वर्षको उमेरमा पहिलो पटक २००८ मा बा’लोन डिओर अवार्ड जितेका उनी त्यसबेलाको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा स्पानिस क्लब रियल मड्रिड गएका थिए ।

मड्रिडमा रहँदा उनले १५ उपाधि जिते, जसमा दुई ला लिगा, दुई कोपा डेल रे, चार च्याम्पियन्स लिग छन् । उनी क्लबका सवार्धिक गोलकर्ता बने ।

उनले २०१३, १०२४, १०१६ र १०१७ मा बालोन डिओर अवार्ड जिते ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: