सरकारले देशभर दियो कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

१४ भदौ,काठमाडौं । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा  देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

 

 

 

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: