काङ्ग्रेशको वडा अधिवेशन सर्दै,भदौ १८ बाट २२ मा सार्ने तयारी

१४ भदौ ,काठमाडौं । नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिकामा हेरफेर भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटेको छ ।

 

विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको माग लगायतका विषयमा छलफल भएको थियो ।

सोही क्रममा वडा अधिवेशन केही दिन सार्ने विषयमा छलफल भएको बुजीएको छ । तत्कालका लागि जिल्ला सभापतिको माग पूरा गरी अनसन अन्त्य गर्ने र सम्भव भए भदौ १८ नभए भदौ २२ मा वडा अधिवेशन गर्ने सहमति देउवा र पौडेलबीच भएको हो । वडा अधिवेशन भदौ २२ मा हुने वा भदौ १८ मै हुने भन्नेमा भने तत्काल निर्णय भने भएको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: