ग्रिजमान एथ्लेटिको फर्किए

काठमाडौं । बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन्। दुई वर्षको बसाईपछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन्।
ग्रिजमन २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ।

उनले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । बार्सिलोनामा भने उनले १०२ खेलमा ३५ गोल गरेका छन् । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।आर्थिक सङ्कट खेपिरहेको बार्सिलोना छाड्ने उनी ११ औँ खेलाडी हुन् । बार्सिलोनाले आफ्नो क्लबका सर्वकालीन गोलकर्ता लियोनेल मेस्सीलाई समेत क्लब छाडेर जान दिन परेको थियो ।

गत सिजन एथ्लेटिकोले बार्सिलोनाबाट स्ट्राइकर लुइस सुवारेजलाई अनुबन्ध गरेको थियो । उनले डिएगो सिमिओनीको टोलीलाई ला लिगा जित्न मद्दत गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: