बागमती प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्षसहित चार जना नियूक्त

हेटौंडा । बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो ।

आयोगका उपाध्यक्ष सिन्धुपाल्चोक मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेतलाई सपथग्रहण गराउनु भएको छ । यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई मुख्यमन्त्री शाक्यले सपथग्रहण गराउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताउनुभयो ।
पदाधिकारी नहुँदा आयोगका कामहरुलाई अगाडी बढाउनका लागि समस्या भएकाले यसलाई पूर्णता दिएको वताउनुभयो । शुशासनमा प्रदेशलाई अगाडी वढाउने उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीया मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: