दीपिकाले भनिन्–‘डिप्रेशनका कारण बाँच्न मन लाग्न छोडेको थियो’

नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् ।

उनले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताइन् । डिप्रेशन भएको कसरी थाहा भयो भनेर अमिताभले सोधेको प्रश्नको दीपिकाले भनिन्–‘मलाई काम गर्न मन लाग्न छाडेको थियो । मलाई कोही पनि मानिसँग भेटघाट गर्न मन लाग्दैनथ्यो । मैले आफू भित्र निक्कै एक्लोपना महशुश गर्थेँ । कहिलेकाही जीवन जिउनुको कारण नै केही छैन जस्तो लाग्थ्यो । यो जिन्दगीबाट मेरो मन सकिएको थियो ।’दीपिकाले सो समयमा आफू निक्कै रोएको पनि बताइन् । उनले भनिन्–‘जब मेरी आमाले मेरो अवस्थाको बारेमा थाहा पाउनुभयो । यसपछि एकजना डाक्टरसँग भेट्नुपर्छ भनेर उहाँले नै पहल गर्नुभएको हो ।’

डिप्रेशनको बिषयमा खुलेरै कुरा गरेको भन्दै कार्यक्रमका संचालक अमिताभ बच्चनले दीपिकाको प्रशंसा गरेका थिए ।नायक रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका डिप्रेशनको शिकार बनेकी थिइन् । पछि, नायक रणवीर सिंहसँग भेट भएपछि दीपिका विस्तारै यो रोगबाट बाहिर निस्किएकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: