एमसीसी सम्झौता अनुमोदन भएसँगै थलिएको नेपालको अर्थतन्त्र उकासिनेछ : उपाध्यक्ष सुमार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालले एमसीसी सम्झौता अनुमोदन गरेसँगै थलिएको नेपालको अर्थतन्त्र उकासिने बताएकी छन् ।

चार दिने भ्रमणका लागि नेपाल आएकी उपाध्यक्ष सुमारले आइतबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी सम्झौता जतिसक्दो छिटो अनुमोदन गरिन्छ त्यति चाँडो थलिएको नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने उनले बताइन् ।उनले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’

एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि उनले बताएकी छन् । उनका अनुसार अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुन्छ ।

उपाध्यक्ष सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको यो अनुमोदन नभई कार्यान्वयनमा नजाने पनि बताएकी छन् । साथै, एमसीसी सम्झौता भएपछि नेपालमा ८ वटा सरकार बनिसकेको र ती सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: