१,०६६ जनामा कोरोना संक्रमण, १,२३४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: