दुर्घटनाबाट टरेको बुद्धको २ वटा विमानमा प्राविधिक समस्या : दुवै जहाज सेकेन्ड ह्यान्ड

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सोमबार एकै दिन बुद्ध एयरको २ वटा विमानमा गम्भीर प्राविधिक समस्या देखिएके हो ।

विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, सुरक्षाकर्मी सबै तयारी हालतमा राखेको देखेपछि यात्रुहरुको रुवासबासी नै चलेको थियो । यद्यपि ल्याण्डिङ गियर खुल्यो र विमान सहज अवतरण भयो ।
सोमबार नै काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको अर्को जहाजमा पनि प्राविधिक समस्या देखिएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार जहाजको ककपिटमा धुँवा देखिएपछि काठमाडौंमै फर्काएर अवतरण गराउनु परेको थियो ।

११ साउनमा बुद्धको एक जहाज काठमाडौंबाट धनगढीका लागि उडेको समयमा प्राविधिक समस्या आएपछि काठमाडौं नै डाइभर्ट गरी अवतरण गराइएको थियो ।

सोमबार एकै दिन बुद्ध एयरको २ वटा विमानमा गम्भीर प्राविधिक समस्या देखिनु गम्भीर लापाबार्हीको अपच हो भन्दा परक नपर्ला । ७३ जना यात्रु बोकेर काठमाडौँबाट विराटनगरका लागि उडेको 9N-ANI र काठमाडौँबाट पोखराका लागि उडेको 9N-AJO जहाजमा गम्भीर प्राविधिक समस्या देखिएको थियो ।

विराटनगरका लागि गएको प्लेन अवतरण गर्ने क्रममा पाङ्ग्रा नखुलेपछि काठमाडौँ फर्किएको थियो। काठमाडौँको आकाशमा २ घण्टा होल्ड भएको प्लेनको पाङ्ग्रा खुलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको थियो।

काठमाडौँबाट पोखराका लागि उडेको 9N-AJO जहाजको ककपिटमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको थियो । सो विमानको ककपिटमा धुवाँ देखिएको थियो। विमान ठिकै भएको भन्दै सो विमान आइतबारै उडाइयो।

बुद्धले विराटनगरका लागि उडेको प्लेनबारे विज्ञप्तिमार्फत जानकारी गराएपछि पोखरा उडेको प्लेनमा भएको के हो सो खुलाएको छैन। विज्ञप्तिमा 9N-ANI को ल्यान्डिङ गियरको इन्डिकेटरमा समस्या देखिएको दाबी गरेको छ। विमानको प्राविधिक गडबडीबारे विस्तृत उल्लेख गरेको छैन।

गम्भीर प्राविधिक समस्या देखिएका दुवै जहाज सेकेन्ड ह्यान्ड हुन्। विराटनगर जाँदा गम्भीर प्राविधिक समस्या देखिएको 9N-ANI १४ वर्ष पुरानो जहाज हो। बुद्धले यो प्लेन किनेर नेपालमा ल्याउनु अगाडि भारतको किङफिसर र जेटकोनेक्टले यो प्लेन उडाउने गरेको थियो। बुद्धले २०१९-९-१४ बाट यो प्लेन नेपाल ल्याएर उडाउन थालेको हो। यो प्लेन पहिलो पटक सन् २००७-१२-५ मा उडेको थियो।

बुद्धले २०१९ मा १४ वर्ष पुरानो विमान खरिद गर्नु अगाडि किङफिसर र जेटकोनेक्टले उडाउँथे
पोखरा जाँदा समस्या देखिएको अर्को प्लेन त झन् २४ वर्ष पुरानो हो। फ्रान्सको एयर ताहितीले प्रयोग गरेको यो प्लेन भारतको एयर डेकनले प्रयोग गरिरहेको अवस्थामा बुद्धले सन् २०१० मा किनेर नेपाल ल्याएको हो।

यो प्लेन पहिलो पटक सन् १९९७ मा उडेको थियो। सन् २०१२ मा काठमाडौँबाट विराटनगर जानेक्रममा यो प्लेन चरासँग ठोक्किएको थियो। सो घटनामा प्लेनमा सामान्य क्षति पुगेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: