लोसपा प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।

जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।
संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: