माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह चयन

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी)को अध्यक्षमा सिंहलाई चयन गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा सिंहलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको उनको सचिवालयले जनाएको छ ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तीलकराज भण्डारी र दीपक देवकोटाले आकांक्षा देखाएका थिए । तर, अन्तिममा सिंहको नाममा सहमति भएको हो । माओवादी केन्द्रको शनिबारको बैठकले क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: