जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी पुन: एमाले फर्किए

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमाले प्रवेश गरका छन् ।

गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । लेखीसहितको टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनी विभिन्न पार्टी हुँदै पुनः एमालेमै प्रवेश गरेका हुन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० कार्यकारिणी सदस्य थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: