प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता : यस्तो छ २५ सदस्यीय टिम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले करिव तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।
प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री गरी मन्त्रिपरिषद्को आकार २५ सदस्यीय भएको हो । शुक्रबार प्रधानमन्त्री देउवाले गठबन्धन घटकलाई समेट्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: