जापानको सरकारी निकायबाट नेपाली साझा समाजलाई प्रशंसा पत्र सहित सम्मान

विष्णु रोकाया, जापान । गुन्मा केनमा नेपालीहरुले संचालन गरेको संस्था नेपाली साझा समाज जापान सरकारी निकायबाट सम्मानित भएको छ । नेपाली साझा समाज जापानलाई गुन्मा ईन्टरनेशनल एक्स्चेन्ज अवार्डद्वारा प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

यहि अक्टोबर १५ तारिख गुन्मा प्रान्तको मुख्यालयमा आयोजित उक्त विशेष समारोहमा गुन्मा केनको तर्फबाट प्रान्त उपप्रमुखको नेतृत्वमा उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त सम्मान कार्यक्रममा नेपाली साझा समाज, जापानको तर्फबाट अध्यक्ष बुद्धि शेरचन, कोषाध्यक्ष आलोक श्रेष्ठ र सल्लाहकार रन्जय अमात्यको उपस्थिति रहेको थियो ।

उक्त समाजले स्थापनाकाल देखिनै नेपाली र जापानी दुवै समुदाय लक्षित बिबिध सामाजिक कार्यहरु जापानको सरकारी निकायसँग सहकार्य गर्दै आईरहेको छ । नेपाली समुदायलाई बिबिध उपयोगी सुचनाहरु प्रबाह लगाएत बिबिध समस्या समाधानमा उल्लेखनीय भूमिका खेलेको, बिबिध भोलेन्टियर कार्यहरु गरेको, नेपाली कला संस्कृति झल्कने बिबिध गतिबिधि मार्फत नेपाल र जापान बीचको कला संस्कृति आदानप्रदानमा उल्लेखनीय भूमिका खेलेको छ ।

समाजले कोरोना महामारी सम्बन्धि सूचनाहरु नेपाली समुदायबीच पुर्याई कोरोना रोकथाममा गुन्मा केन सँग सहकार्य गरेको कुराहरुलाई उच्च सम्मान गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: