म्युजिक भिडियो ‘प्रभाव’मा अभिनेत्री साम्राज्ञीको बोल्ड अन्दाज (भिडियोसहित)

काठमाडौँ । हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ ।
दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बोल्ड अन्दाज देख्न सकिन्छ ।प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् । ​

इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया