जापानबाट ददिवल खड्का मोना अन्तर्राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

जापान । म्याग्दी प्रवासी नेपाली संघ (मोना आईसीसी) को अन्तर्राष्ट्रिय कार्यकारिणी समितिको महाधिबेशन बिहिबार सम्पन्न भएको छ ।
संघको महाधिवेशन बिहिबार म्याग्दीको बेनीमा मोना आइसीसीको चौथो महाधिवेशन सम्पन्न भएको हो ।

चौथो महाधिवेशनले अमेरिकामा बसोबास गर्दै आएका अमर छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति २०२१-२०२३ निर्वाचित गरेको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जापानमा रहेर लामो समयदेखि ब्यावसायी र समाजसेवामा क्रियाशील गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सदस्य ददिवल खड्का सर्वसम्मति निर्वाचित हुनु भएको छ ।

अधिवेशनबाट आगामी कार्यकालको लागि म्याग्दीको घार हालको अन्नपूर्ण गाउपालिकामा जन्मिएर तीन दशकदेखि जापानमा कार्यरत खड्का वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन हुनु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित खड्काले सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो पदमा निर्वाचित हुन पाएकोमा खुशी व्यक्त गर्दै मातृभूमिको सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने उपयुक्त माध्यमका रूपमा मोनालाई लिएको बताउनु भएको छ ।

मोनाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित खड्का गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ का लागि एसिया प्यासिफिक क्षेत्रको उपसंयोजकमा उम्मेदवारी घोषणा समेत गरेका छन ।

नव निर्वाचित कार्यसमितिमा जापानबाट कोषाध्यक्षमा महेन्द्र खड्का, एसिया संयोजकमा दिपक कार्की, महिला उप संयोजकमा बिष्णु बनिया, एसिया उप संयोजकमा प्रेम पुन निर्वाचित भएका छन ।

रोजगार व्यापार व्यावसाय अध्ययनको शिलाशिलामा नेपाल बाहिर रहेका म्याग्देलीहरुको आबद्दता रहेको रहेको २८ देशमा विस्तारित मोनाका २६१ प्रतिनिधिहरुको भौतिक र भर्चुवल माध्यमबाट अधिवेशन भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: