बार एशोसिएसन परिसरमा अधिवक्ताहरु बीच भिडन्त

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताहरु बीच अन्तर्वार्ता विषयमा विबाद हुँदा हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।
न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दुस्ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जाने चुडालले बताएका छन्

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: