राष्ट्रियसभाको निर्वाचन माघ ७ वा १० गते गराउन सरकारसँग आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन ७ वा १० माघमा गराउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ८ कात्तिकमा भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरेको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसमा कुनै निर्णय गरेन ।

प्रधानमन्त्री देउवा निर्वाचनको मिति टुंगो नलगाई बेलायत प्रस्थान गर्नुभएको छ । अब देउवा फर्किनुभएपछि मात्रै मितिसम्बन्धी निर्णय हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारलाई ७ वा १० माघमध्ये एउटा मितिमा गराउन उपयुक्त हुने प्रस्ताव गरिएको बताउनुभयो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘फागुन २१ गते एकतिहाई सदस्यको पद रिक्त हुँदैछ । त्यसको ३५ दिन अगाडि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । ३५ दिन अगाडि निर्वाचन गर्न पनि आयोगलाई तयारीको समय चाहिन्छ । करिब ९० दिनको तयारी समय लाग्ने अनुमान गरेका छौं ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: