एनआरएनए जापानको पहलमा ५० जना नेपाली विद्यार्थीलाई छात्रबृत्ति प्रदान

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा नेपालबाट जापानमा विद्यार्थी भिसामा आएका नेपालीहरूको लागि आईएचएनओद्वारा प्रदान गर्दै आई रहेको आईएचएनओ स्कोलर यस वर्ष पनि ५० जना विद्यार्थीलाई प्रदान गरेको छ ।

एनआरएनए जापानसंगको सहकार्यमा प्रदान गर्दै आएको उक्त छात्रबृत्ति अघिल्लो वर्ष १०० जनालाई प्रदान गरीएको थियो । यस वर्ष भने ५० जनालाई मात्र उपलब्ध गराउने गरी पत्रकार सम्मेलन मार्फत दरखास्त माग गरिएको थियो । प्राप्त दरखास्तको आधारमा आईएचओको मापदण्ड भित्र परि छनोट भएका ५० नेपाली विद्यार्थीको नाम सार्वजनिक गर्दै आईएचएनओद्वारा छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको हो ।

एनआरएनए जापानको समन्वयमा तोकेको मापदण्डभित्र पर्ने विद्यार्थीहरूको डकुमेन्ट जाँचपछि नाम सहित छात्रबृत्तिको नतिजा सार्वजनिक गरेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तो छ छात्रवृद्धि प्राप्त गर्ने विद्यार्थीहरूको नामावली

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: