‘दोहोरी च्याम्पियन’मा प्रकाश र मीनाको टीम विजयी, नगद २० लाख रुपैयाँ पुरस्कार

पोखरा । नेपालमा पहिलो पटक सुरु भएके रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी बनेको छ । शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बनेको हो । बाराही घाटमा आयोजना भएको फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए ।

सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन् । सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ । गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको थियो ।

प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक रहेको स्पर्धामा डिजिटल अडिसन ३५ टिम छानिएका थिए । त्यसपछि फिजिकल अडिसनमार्फत २४ टिम छानिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: