परराष्ट्मन्त्री समक्ष ७ बुँदे माग राख्दै एनआरएनए जापानको ज्ञापन पत्र

काठमाडौं । एनआरएनए जापानले नेपाल जापानका लागि नेपाल एयरलाइन्सले हवाई टिकटमा चर्को भाडा दर कायम गरेकोले भाडा दरमा समायोजन गर्न माग गरेको छ ।
मंगलबार नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पुगी परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो ।
कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा संसार भरि रहेका गैरआवासीय नेपाली संघहरूले नेपाल र नेपालीहरूको समस्यामा हातेमालो गर्दै आईरहेको कुरा समेत अवगत गाएके छ । प्रवासमा रहेका नेपालीहरूले चाहेर पनि आफ्नो मुलुक आवात जावात गर्न नपाईरहेकाले जापानको हकमा नेपाल सरकार परराष्ट्र मन्त्रालय मातहतबाटै पहल हुनुपर्ने जापानवासी तथा जापान जाने योजनामा रहेका सम्पूर्ण नेपालीहरुको अनुरोध र आवश्यकतालाई सम्बोधनार्थ सकारात्मक पहल कदमीको अनुरोध सहित ध्यानाकर्षण गराएएको महासचिव सिद्धार्थ रुेष्ठले जानकारी दिनुभयो ।

प्रवेश योग्यताको प्रमाण पत्र सिओई प्राप्त गरेर बसेका विभिन्न भिसा स्टाटस भएका नेपाली करिब २ वर्ष अघीदेखी हालसम्म करिब १० हजार जना विद्यार्थीहरुले कलेज भर्ना शुल्क प्रतिब्यक्ति करिब १० लाख नेपाली रुपैया बुझाएर पनि जापान प्रवेश गर्न नपाईरहेकाले सहजिकरणका लागि पहल गर्न समेत अपिल गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले आफूले चुनावी घोषणा पत्रमा समाबेश गरेको कुरालाई समेत सरकारी तवरबाट पहल गर्न माग गरेको छ । साथै जापान स्थित नेपाली राजदूत नियुक्तीमा ढीला सुस्ती भएकोले अनुभबी र सकेसम्म जापानको कूटनीति नियोगसंग दक्षता राख्न सक्ने राजदूत नियुक्तीको लागि पहल गर्न ध्यानार्षण गराएको एनआरएनए जापानका युवा संयोजक राकेश रुम्बाले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउनेक्रममा एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेलको नेतृत्वमा उपाध्यक्ष राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ , युवा संयोजक राकेश लामा र निवर्तमान प्रवक्ता प्रशु बस्नेत सहभागि थिए ।

यस्तो छ एनआरएनए जापानको ज्ञापन पत्र

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: