जापानमा नवप्रबेशीलाई गरेको प्रतिबन्ध नोभेम्बर ८ तारिखबाट हट्ने

टोकियो । कोरोना भाईरस महामारीको कारण लामो समयअघि देखी जापानमा नवप्रबेशीलाई गरेको प्रतिबन्ध नोभेम्बर ८ तारिख सोमबार देखि हट्ने भएको छ ।

शुक्रवार जापान सरकारले विदेशीहरुलाई जापान प्रबेश गर्ने बारे घोषणा गरेसंगै प्रतिबन्ध हट्न लागेको हो । जापानले कोरोना संक्रमण दरलाई निकै घटाएसंगै सोमबारदेखी जापानमा नयाँ प्रबेशी व्यवसायी, विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीका लागि सीमामा प्रतिबन्ध हटाउने निधो गरेको हो ।

पूरा खोप लगाएका व्यवसायीहरुले अनिवार्य रुपमा आफूलाई सेल्फ आइसोलेशनमा राख्नु पर्ने न्यूनतम् अवधि घटाएर तीन दिनमा ल्याइने जनाएको छ ।

अहिले जापानले सीमा खुला गरेपछि यहाँ आउने आशमा करीब ३ लाख ७० हजार मानिसहरु कुरेर बसिरहेका छन् । यिनीहरुको नाममा प्रवेश भिसा पनि जारी भइसकेको छ । तर पनि उनीहरुलाई प्रवेशमा रोक लगाइरहेको छ । कूलमध्ये १ लाख ५० हजार विद्यार्थी र १ लाख १० हजार प्राविधिक प्रशिक्षार्थीहरु छन् । प्रतिबन्ध हटेपछि मानिसहरुलाई क्रमिक रुपमा आउन दिइनेछ ।

नयाँ उपायहरुका कारण जापान आउन खोज्ने व्यवसायिक यात्रीहरुको संख्या बढेको हुन सक्ने अपेक्षा सरकारले गरेको छ । आगन्तुकहरुले संक्रमण रोकथामसम्बन्धी प्रोटोकलको पूर्ण रुपमा पालना गर्छन् भन्ने चाँहि आगन्तुकहरु जुन कामका लागि आउने हुन् उनीहरुले नै सुनश्चित गर्नु पर्नेछ ।

उनीहरुले उद्योग, शिक्षा वा कृषि मन्त्रालय जस्ता सम्बन्धित निकायसमक्ष कार्यान्वयन योजना पनि पेश गर्नु पर्नेछ । अहिले खोप नै लगाएकाहरुले पनि जापान आएपछि १० दिन घरमै आइसोलेशनमा बस्नु पर्छ ।

जापानले यसअघिको क्वारिन्टिन अवधिलाई घटाएर ३ दिनमा ल्याउँदा व्यवसायिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया