बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मत बहुमतले पारित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेका पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा ९एमाले० को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ । नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।

यसैगरी, राप्रपाका सांसदहरू अनुपस्थित रहेका थिए । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त भएका थिए । वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभाका सदस्यहरू छन् । आजको बैठकमा जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थित थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: