सात प्रदेश वैज्ञानिक नभएकोले १० वटा प्रदेश बनाउन उपेन्द्रको माग

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद९बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताए ।

सांसद खरिद९बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणालीका कारण न्याय क्षेत्र पनि खर्चिलो छ’, उनले भने । जसपा रूपन्देही क्षेत्रद्वारा सोमबार रोहिणी गाउँपालिका९ ३ मा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले मुलुकको संविधान त्रुटिपूर्ण रहेको पनि औँल्याएका छन् । त्रुटिपूर्ण संविधान निर्माणमा कांग्रेस र कम्युनिस्ट मुख्य दोषी रहेको आरोप लगाउँदै उनले संविधान संशोधन गरी संविधानमा रहेका त्रुटि सच्याउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले संविधान संशोधनमा कांग्रेस९कम्युनिस्ट तयार नभए आठौँ संविधान निर्माणका लागि आन्दोलन गरिने बताए ।

‘संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दा संबोधन नभए आठौँ संविधान निर्माणका लागि अगाडि बढ्नुको विकल्प छैन’, यादवले भने । संविधानमा उल्लेखित प्रदेश संरचना पनि त्रुटिपूर्ण रहेकाले यसलाई संशोधनमार्फत फेर्नुपर्ने माग उनले गरे ।
अहिले कायम रहेका सात वटा प्रदेश व्यावहारिक र वैज्ञानिक छैनन्, यसलाई संशोधन गरी उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै कायम गरिनुपर्छ’, यादवको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: