प्रवासी नेपाली मञ्च जापान नागोयाको तिहार शुभकामना कार्यक्रम सम्पन्न

जापान । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च जापान, नागोयाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चले तिहार र छठ को पावन अवशरमा शुभकामना आदान-प्रदान विषेश कार्यक्रम नागोयामा आयोजना गरेको हो। कार्यक्रममा उपस्थित नेपाली समुदाय बिच एक आपसमा शुभकामना आदान-प्रदान संगै विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा कलाकारहरु नरेश राई, रामकुमार राई, मिना शिरिशमगर, विमला मगर लगाएतले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रवासी नेपाली मञ्च नागोयाका सचिव कुमार अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च, एशिया प्यासिफिकका संयोजक एवं जापानका सचिव समेत रहेका डा सरोज कँडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कँडेलले नेपाल र जापानको बर्तमान समसामुहिक विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा अतिथिहरु नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार कविकिरण न्यौपाने, नायोया ब्रदशका अध्यक्ष विशाल अधिकारी , प्रवासी नेपाली मञ्च जापानका राष्ट्रिय कमिटि सदस्यहरु कृष्णप्रसाद भूषाल, अर्जून थापा, स्याङ्जा समाज नागोयाका सचिव मनोज ढुङ्गाना, नागोयाका रेष्टूरेन्ट व्यवशायी प्रेमकुमार राई लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रवासी नेपाली मञ्च, नागोयाका अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा तथा कार्यक्रम सञ्चालन ईश्वर थापाले गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया