एमालेको  १०औं राष्ट्रिय महाधिवेशनको तयारी तिब्र, भित्ते लेखन नगर्ने

काठमाडौं । नेकपा (एमाले) को  १०औं राष्ट्रिय महाधिवेशनको तयारी तिब्र चरणमा भईरहेको छ । तयारी तिब्र चरणमा भईरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

समितिका अनुसार महाधिवेशनको उद्घाटन १० मंसिरमा नारायण नदी किनारमा दिउँसो १२ गते अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । बन्दसत्र सौराहमा हुनेछ । प्रतिनिधिलाई सौराह आसपासमै आवास र सामूहिक भोजनको व्यवस्था गरिएको छ ।

महाधिवेशनमा विद्युतीय मतदान गरिनेछ । १० मंसिरमा उद्घाटनपछि ११ गते निर्वाचन प्रक्रिया सुरु हुने र १२ गते मतपरिणाम घोषणा हुने समितिले जनाएको छ । त्यसैगरी चितवन आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने निर्णय समितिले गरेको छ । बुधबार बसेको समिति बैठकले कम्तिमा ५ लाख जनसभागिता गराउने निर्णय गरेको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

बैठकले विदेशमा रहेका भाइचारा संगठनलाई निमन्त्रणा पठाउने गर्ने निर्णयसमेत गरेको छ । विदेशी दललाई पनि आमन्त्रण गरेको छ । दक्षिण एसियाका सत्तारुढ र विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको समितिका सदस्यसमेत रहेका भट्टराईले जानकारी दिए । उनकाअनुसार भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।

व्यवस्थापन समितिको बैठकले २७ कात्तिकको प्रतिनिधि चयन सम्पन्न गर्न जोड दिएको छ । देशभरबाट १९९९ जना छनोट हुनेछन् । सबै प्रतिनिधिको सम्पूर्ण विवरण ३० कात्तिकभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ । बैठकले महाधिवेशनको प्रचारमा भित्ते लेखन नगर्ने निर्णय गरेको छ । प्रचार प्रसारमा डिजिटल फर्म्याट प्रयोग गर्ने नेकपा एमालेले चितवनमा हुन लागेको दशौँ महाधिवेशनका लागि आफ्ना सात लाख २० हजार कार्यकर्ताबाट एक एक सय रुपैयाँ उठाउने भएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिको बैठकपछि एमाले प्रचार विभाग प्रमुख भट्टराईले यसबारे जानकारी दिएका हुन्।

उनले १९ सय ९९ महाधिवेशन प्रतिनिधिसहित करिब २५ सय जना सहभागी हुने महाधिवेशनको खर्च धान्न उक्त निर्णय गरिएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: