
काठमाडौं । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया