एनआरएनए जापानको पहलमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्राप्त

टोकियो । एनआरएनए जापानको पहलमा आईएचएनओबाट पाउने छात्रवृत्ति पचास जना नेपाली विद्यार्थीहरु छनौट भएको छोषणा गरिएको छ ।
२ वर्षसम्म मासिक ३० हजार पाउने गरि ५० जना नेपाली विद्यार्थी छात्रवृत्तिमा छनौट भएको आईतबार एक् कार्यक्रमका बीच जानकारी गराएको हो ।

उक्त छात्रबृत्ति एक जना बराबर मासिक तिस हजारको दरले दुई बर्ष प्राप्त गर्ने छन र हाल सम्म एनआरएनएको पहलमा झन्डै २५० जना भन्दा धेरै विद्यार्थीहरुले यो सुबिधा प्राप्त गरि सकेका छात्रवृत्ति घोषणा कार्यक्रममार्फत जानकारी गराएके थियो ।

उक्त कार्यक्रममा आईएचएनओ प्रेसिडेन्ट कोमियामा योसिहारू, एनआरएनए जापानका उपाध्यक्ष संगिता अधिकारी सुवेदी, आईएचएनओ प्रतिनिधि कमल बास्तोलाको प्रत्यक्ष सहभागिता रहेको थियो भने भर्चुअल मार्फत कार्यबहाक राजदुत अम्बिका प्रसाद जोशी, एनआरएनए कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेलको उपस्थिती रहेको थियो ।
उपस्थिती अथितीहरूले छनौटमा परेका बिधार्थीहरूलाई बधाई तथा उज्जल भविष्यको शुभकामना मन्तब्य समेत राख्नु भएको थियो । एनआरएनए जापानको तर्फबाट उपाध्यक्ष संगिता अधिकारी सुबेदी, आईएचएनओका प्रेसिडेन्ट कोमियामालाई मापदण्ड अन्तर्गत पर्न सफल बिधार्थीहरू सिफारिस लिष्ट र सटिपिकेट एक मुष्ठ प्रदान गर्नु भएको थियो भने कार्यक्रममा बिधार्थीहरूलाई प्रशिक्षण समेत दिईएको थियो ।
कार्यक्रम संचालन एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठले गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: