कहिलेसम्म महङ्गीको मारमा बस्नु पर्ने नेपाली जनता ?

कृष्ण थापा, रामेछाप ।
नेपाल अधिकांश जनता गरिबिको रेखामुनी बाच्न बाध्य छन । देशमा भनिएका आन्दोलन परिवर्तन नाममा मात्रै सिमित छ, दुरदराजका ती आर्थिक, सामाजिक, राजनीतिक रुपमा तलपरेका उत्पीडित, श्रमजीवी जनताको अबस्था झन नाजुक हुँदै गैरहेको छ । गरिबिलाई अर्को उपहार फेरि महङ्गी मिलेको छ । महङ्गि र गरिबीले पिरोलिएका नेपाली गरिब जनताहरु झन दिनानुदिन महङी को चरम चपेटामा बस्न बाध्य छ्न ।

सबैभन्दा बढि पटक पटक इन्धनको को मुल्यबृदी बाट आक्रन्त छ्न ? पेट्रोलियम पदार्थ को मुल्य बृद्दी हुने साथ ढुवानी गरे र ल्याउनु पर्ने सम्पुर्ण सामान हरुको मोलसमेत बढन जाने हुदा गरिबी को रेखा मुनि भएका जनताहरुलाई बिहान बेलुका को छाक टार्न समेत कठिन हुन थालेको छ, हुन त यो रोग नेपाली जनताहरु को लागि कुनै नौलो रोग हैन तर जति समय बित्दै जान्छ,आशा र भरोसा गरेका सरकार आउँदा अब त केही राहत तथा जीवन शैली अलि केही हद सम्म भए पनि सरल हुन्छ कि भन्ने आसामा तुसारापात पलाएको छ। जसबाट हामी जनता झन त्रसित बन्नु परेको कटु सत्य सबै को सामु दिन को घाम जति कै छर्लङ्ग छ ।

सत्तामा धेरै जना ब्यक्ती धेरै राजनीतिक दलहरु आए तर सरकारी निकायसम्बत संस्थाहरु मध्ये बिधुत प्राधिकरण भन्दा बाहेक हाम्रो नजरमा अरु निगम तथा प्राधिकरन सुधार हुन सकेन यदि सोही अनुसार सुधार गर्न सकेको हुने थियो भने आज हामीले यस्तो अबस्थाको सामना गर्न सायद पर्ने थियन। आसा गर्ने ठाउ भएन लड्दा समाउने लहरा भएन ,आखिर घाइते हुनु को के बिकल्प छ र नेपाली जनताको ?

आदिम युगमा होस या अहिलेको आधुनिक युगसम्म आइपुग्दा होस जस्ले जति चिल्ला र मिठा आसाहरु दिलाए पनि सुनाए पनि यो चै कहिले पनि भुल्न नहुने कहिले पनि त्यस्ता भुल भुलैयामा पर्न नहुने भनेको के हो भने भोको पेटले बिकास र राष्ट्र निर्माणका ठुला ठुला सपना देख्न सकिन्न ? अर्थात नाना छाना र खाना छैन भने अरु के गर्न सकिन्छ शिक्षा ,स्वास्थ अरु बिषय बस्तु त अलि परकै कुरा भए ।

यी तमाम कुरा हरु मा नेपाली शासकहरु को कहिले पनि ध्यानाकर्षण भएन केबल एक आपसमा दोसारोपन सत्ता को लागि भाग दौड, परिबार र आफ्नो स्वार्थ भन्दा माथी कहिले उठ्न सकेनन जस्को परिणाम आज हामी भोग्न बाध्य छौ ?

पछिल्लो उदाहरण केही दिन यता पेट्रोलियम पदार्थ एबम इन्धनको मूल्य ह्वात्तै बढाएको छ निगमले । त्यसो त अन्तर्राष्ट्रियस्तर मै इन्धनको मुल्य बढे पनि नेपाल आयल निगममा हुने लापरबाही चुहावट, कमिसन लगायत का बिषयमा सूक्ष्म तरिकाबाट अध्ययन गरि भित्री मन देखि नै काम गर्न सकियो ? भने वा त्यस्ता कुसल ब्यक्तिलाई प्रशासकको रुपमा ल्याउने बाताबरण बनाउन सकियो भने पक्कै पनि यस्तो अबस्था आउने थिएन ।

यस्को लागि सबै राजनितिक दलका नेतृत्व ,नेतागन, जन बर्गिय सङठ्नहरु,सरोकारवाला आम जनताको साथसाथै मुख्य रुपमा सरकार सबैको तीब्र इच्छा शक्ति हुनु नितान्त जरुरी छ साथै सरकार लाई आमजनताले दिगोपन तरिकाले निरन्तर खबरदारी गर्न पनि आबश्यक छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: