कर्णालीमा नेकपा एसबाट थपियो एक मन्त्री, प्रदेश प्रमुखबाट शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्‌मा एक जना सदस्य थपेका छन् । अघिल्लो मंगलबार मुख्यमन्त्री भएका शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई मन्त्री बनाएका हुन् ।

शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनले मंगलबार नै शपथग्रहण गरेका छन् ।

मन्त्रीलाई शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । मुगु १ ९ख० का सांसद हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: