नेपाली व्यवसायको अवसर र चुनौती बारे नोभेम्वर २० तारिख विशेष बहस हुने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालीहरुले ब्यवसाय कसरी सुरु गर्ने र सफल कसरी बन्ने लगाएत विषयमा अनुभव आदान प्रदान विशेष कार्यक्रम हुने भएको छ ।
एनआरएनए जापानले सुरुवात गरेको ‘एनआरएनए मेरो साथी’ अन्तर्गत दोस्रो श्रृंखलामा जापानमा नेपाली व्यवसायको बारेमा नोभेम्वर २० तारिख कार्यक्रम हुन लागेको हो ।

एनआरएनए जापानको सूसुचित अभियान अन्तर्गतको कार्यक्रममा जापानमा नेपाली व्यवसायको अवसर र चुनौतिका बारेमा जापानमा व्यवसायरत नेपाली व्यवसायीहरुले आफ्ना अनुभवहरु आदान प्रदान गर्ने संघका सचिब तथा कार्यक्रम संयोजक श्याम ‘सितल’ श्रेष्ठले जानकारी दिनुभयो ।

जसको माध्यमबाट नयाँ व्यवसाय गर्ने तयारी, योजना र सुरुवात गरेकाहरुको लागि जानकारी मिल्नुका साथै जापानमा नेपाली व्यवसायको अवस्थाको बारेमा थाहा हुने विश्वास गरिएको छ ।

उक्त कार्यक्रममा जापानमा लामो समयअघिबाट ब्यवसायी ब्यक्तित्वहरुको अनुभव आदानप्रदान गर्ने छन । उक्त भर्चुअल कार्यक्रममा महेश श्रेष्ठ, नारायण सुबेदी, बिजय थकाली, अरुण कुमार श्रेष्ठ, ददिवल खड्काले अनुभव राख्ने जनाएको छ ।

यस कार्यक्रम यहि नोभेम्वर २० तारिख साँझ ५ बजेबाट अनलाईन मार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: