मोरङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखी प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरुभएसंगै मोरङ क्षेत्र ३ (क) को उप सभापति पदमा युवा नेता अनुप योन्जनले उम्मेदवारी दिएका छन् ।
योन्जन लोककिरण न्यौपानेको टिमबाट उम्मेद्वार बनेका हुन् । योन्जन मोरङ क्षेत्र नं.३ का ‘क्लिन चिट’ नेता रहेका छन् । पिएल अनलाइन टिभीका प्रवन्ध निर्देशक समेत रहेका योन्जनले हाल सम्म पार्टीको कुनै जिम्मेवारी पदमा बसेर काम गर्ने अवसर पाएका थिएनन् । सधैं अग्रजका लागि पद त्याग गरेका योन्जन भन्छन् –`अर्काको लागि त्याग गर्दा गर्दै ४० कट्न लागि सकें । अब पनि छोडियो भने यतिका वर्ष पार्टीमा गरेको मेहनत खेर जान्छ भन्ने लागेको छ ।´
मेरो उम्मेद्बारी पदको लागि नभएर विकास र परिवर्तनको लागि हो´ योन्जन भन्छन् -
पार्टीलाई विधान र पद्धति अनुसार चलाउन मलाई विजयी गराउनुहोस।´
योन्जनले राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र प्रजातन्त्रको रक्षा गर्न आफू प्रतिवद्वता रहेको समेत बताए ।
योन्जनको परिवार बाजेका पाला देखि कांग्रेसमा थियो । अहिले पनि कुनै अबसर,लोभ र प्राप्तिका पछि नलागि उहाँ र उहाँको परिवार कांग्रेसी झण्डा मुनि गोलबन्द रहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया