एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको बताएका थिए ।

“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए । “सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उनले भने, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल काँग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।”

सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वतको क्यालेण्डरसमेत सार्वजनिक गरे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्याइरहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: