जनप्रगतिशील मञ्च जापान कान्तो कान्तो क्षेत्रीय समितिको अध्यक्षमा गोकर्ण बर्तौला चयन

टोकियो । नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको ८ औं अधिबेशन सम्पन्न भएको छ । शनिवार टोकियोमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षहरुमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बास्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केशी उपाध्यक्षको रुपमा चयन भएका छन् ।

मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जिवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरि कोषाध्यक्षमा कुमार कोईराला, सह कोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।

जनप्रगतिशिल मञ्च जापान कान्तो क्षेत्रिय समितिको सदस्यहरुमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रविन्द्र पाण्डे, तेज बहादुर थिगं, खगेन्द्र प्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, तारा बहादुर कार्की, विष्णु कुमार आगंदागंवेलाई छनौट गरिएको छ ।

कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नव निर्वाचित नेतृत्वलाई शुभकामना सहित संगठनात्मक आफ्ना धारणा राख्नुभएको थियो । यसैगरि जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरी पुडासैनी, एनआरएनए आईसिसि सदस्य श्रवण कुमार सत्याल, संगठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशिल मंचका पूर्व केन्द्रिय सचिव जनक सुवेदी, कान्तो क्षेत्रिय समितिका ईन्चार्ज दावा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वी एशिया ईन्चार्ज डा. भुपालमान श्रेष्ठ रहनुभएको भने स्वागत मन्तव्य सागर कार्कीले राखेका थिए भने बेनुका खड्काले कार्यक्रम संचालन गरेकी थिईन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया