काँग्रेसको रुपन्देही २ को मतगणना स्थलमा पौडेल पक्ष जित नजिक पुग्दा कुटाकुट

रुपन्देही । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ । सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा विवाद भएपछि मंगलबार साँझ कुटाकुट भएको हो ।

घटनापछि मतगणना स्थलमा तनावको अवस्था रहेको छ । मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् ।

देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको बताए । क्षेत्र नम्बर २ को मतगणना अन्तिम चरण रहेको थियो ।

जहाँ पौडेल पक्ष जित नजिक पुगेको अवस्थामा एकाएक विवाद र कुटाकुट भएको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: