एमालेको १०औं महाधिवेशनमा माधव ढुंगेलद्वारा खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेकपा (एमाले)का युवा नेता माधव ढुंगेलले १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटीको खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार ढुंगेलले १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटीको खुल्ला तर्फको सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन ।

नवौं महाविधेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका ढुंगेलले मंगलबार पत्रकारहरुमाझ उम्मेदवारीको घोषणा गरेका हुन्। रामेछाप जिल्लामा जन्मिएका ढुंगेल अनेरास्वबियूका पूर्व अध्यक्ष हुन भने राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्ष समेत बनिसकेका छन्।

युवामाझ लोकप्रिय रहेका ढुंगेलले केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीलाई वैचारिकरुपमा प्रष्ट बनाउने र संगठन सुद्धृढ गर्ने आफ्नो योजना रहेको बताउनु भयो ।

मंसिर १० गतेबाट चितवनमा हुने एमालेको १०औं राष्ट्रीय महाधिबेशनमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका ढुंगेलले सदस्य निर्वाचित भएपछी पदाधिकारी बाहेक आन्तरिक चुनाव हुने र त्यस बेला स्थायी कमिटीमा समेत जाने संकेत गर्नु भएको छ ।

एमालेको विधानुसार पदाधिकारी बाहेक सबै सदस्यको उम्मेद्वारी हुने भएकोले सहयोग गर्न प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया