एमाले अध्यक्ष ओलीले दिए सर्वोच्चको आन्दोलनलाई पाँच दलीय छट्पटीको संज्ञा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छट्पटीको संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा कार्यक्रममा उनले घटना सर्वोच्च अदालतमा भए पनि सत्तारुढ पाँच दलको छट्पटी भएको टिप्पणी गरेका हुन् ।

‘अहिले सर्वोच्च अदालततिर प्रकट भइरहेको छ । हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि आफैंलाई लागेर भएको छट्पटी हो’ उनले भने, ‘…यो केही होइन, देखिएको त्यहाँ (सर्वोच्च अदालतमा) छ । तर पाँच दलीय छट्पटी हो । यो कुराको प्रमाण सर्वोच्च अदालतका श्रीमान न्यायाधीशले अमेरिकाबाट इमेल पठाएर साविती वयान दिएका छन् ।’

ओलीले अदालतमा देखिएको आन्दोलनलाई नेकपा एमालेमाथि प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको ब्रम्हास्त्रको संज्ञा दिए । ‘यस यस लडाईंमा ब्रम्हास्त्रको प्रयोग हुने ठाउँसम्म पुगेछ’ उनले भने ।

उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको पनि टिप्पणी गरे । ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, तर त्यसको उपचार कसरी खोजिदैछ भने धामी बोलाएर, कुखुराको अण्डा ल्याएर,… दुनामा लगेर मन्सिने । त्यो विचरा अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’

ओलीले अघि भने, ‘अपरेसनको आवश्यकता छ । किमोको आवश्यकता छ । विमार त्यो तहमा पुगिसकेको छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: