आसागयामा नेपाली मौलिक सागसज्जासहित नेवारी परिकारको ड्रानिङको संचालन

टोकियो । जापानको आसागया रेल स्टेशननजिक नेवारी खानाका अनेक परिकार, स्वाद अनि नेपाली मौलिकता र पहिचान झल्कने सागसज्जासहित मनिता नामक ड्रानिङ खुलेको छ ।
टोकियोको आसागया स्टेशन सामुन्ने मतिना औपचारिक रुपमा नोभेम्वर २८ तारिखबाट सेवा संचालन गर्ने रेष्टुरेण्ट संचालक भेष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नेवारी खानाको मतिना सेट, समयबजी सेट, एैला सेट मात्र होईन मदिराका पारखिहरुको लागि नेपालकै स्वादमा पाईने हार्डड्रिंक पनि उपलब्ध हुने संचालक श्रेष्ठले भन्नुभयो नेपालमा नेवारी भोज, भतेरमा जस्ता परिकार र स्वाद पाईन्छ जापानमा दशक बढि समयदेखि काम गरिरहनुभएका दक्ष नेवारी कुकले टिपिकल नेवारी स्वादमा खाना तयार पार्नुहुन्छ ।

नेपालमा उत्पादन हुने दर्जन बढि ब्राण्डका रक्सि र बियरहरु उपलब्ध रहेको रेष्टुरेण्टले नेवारी सहित थकाली खाना र नेपाली मौलिक खानाका परिकारहरु पनि उपलब्ध गराउने भएको छ ।

मौलिकता, पहिचान, नेपाली स्वाद र आफ्नो पन साट्ने थलोका रुपमा रेष्टुरेण्टको नाम मतिना राखेर व्यवसाय सुरु गरिएको संचालकहरुको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: