ग्लोबल फोरम जापानले गर्यो जातिय बिभेदमा मारिएका भिम बिकको परिवारलाई आर्थिक सहयोग

जापान । चितवनस्थित भरतपुर महानगरपालिका वडा नं ४ का भिम बहादुर विश्वकर्मालाई गत कात्तिक २८ गते हिन्दुहरुको महान् चाड दसैंको नवमीको दिन स्थानीय दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्नु पाउनुपर्ने विषयमा विवाद हुँदा हत्या गरिएको थियो ।

उनले आफूहरुले पनि हिन्दु भएककोले दुर्गा मन्दिरमा पुजा गर्नुपर्ने आवाज उठाएका थिए ।
सो क्रममा त कामी मन्दिर पस्ने कुरा गर्छस् बढि बोल्छस् भन्दै सिताराम बस्नेत र दिलिप श्रेष्ठले पाइप र इटाले कुटपिट गरेका थिए । सो क्रममा उनको मृत्यु भएको थियो ।

हाल उनको न्यायका लागि बिभिन्न संघ,संस्था मानव अधिकारकर्मीहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलन भैरहेको छ ,अझै सम्म पनि पीडित ले न्याय पाउन सकेका छैनन् । उहां को परिवार शोक तथा पिडा मा तड्पी रहेको यस अवस्था मा नाता गोता तथा आफन्त हरु को पनि घर मा घुईचो छ । ज्यालादारी काम गर्दै जिबिका चलाउदै आएका अहिले उनी हरु को घरमा खाने कुरा केही पनि छैन । उता न्याय को लागि हिंड्ने बाटो खर्च पनि छैन ।
यस आपतको घडी मा ग्लोबल फोरम, जापान ले उहां हरु लाई केही सहयोग गर्ने निर्णय गर्यो । यस अभियान को लागि बिभिन्न व्यक्ती, संघ संस्था हरु सँग छलफल गर्दै सहयोग गर्न को लागि आव्हान पनि गर्यो । यस अभियान मा ग्लोबल फोरम, जापान को तर्फ बाट १० हजार जापानिज येन र जनता समाजवादी पार्टी, नेपाल को प्रबास समिति नेपाली समाज, जापान को तर्फबाट १६ हजार गरी जम्मा २१ हजार जापानिज येन ग्लोबल फोरमका केन्द्रिय सदस्य तथा नेपाल च्याप्टरका इन्चार्ज मोहन बिक र नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रसाईलीले जसपाका केन्द्रिय सदस्य तारा विश्वकर्मामार्फत पिडित परिवार लाई रकम हस्तान्तरण गर्नु भएको ग्लोबल फोरम, जापानका अध्यक्ष धन बहादुर बिकले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया