कांग्रेसको १४औं महाधिवेशन: जनसम्पर्क समिति जापानका १४ प्रतिनिधि विबादमा

जापान । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारी तिव्र रहेको समयमा प्रवासको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको ७औं अधिवेशन बिबादित बनेको छ । कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको ७औं अधिवेशन आईतबार भर्चुअल माध्यमबाट गरिएर १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो ।

अधिवेशनमा कांग्रेसको केन्द्रिय सह-महामन्त्री डा.प्रकाश शरण महतलाई प्रमुख आतिथ्यतामा सम्पन्न भएको भर्चुअल अधिबेशन एक लौटी गरेको भनि बिवादित बनेको छ । विशिष्ट अतिथिहरुमा नेकाकी नेतृ आरजु राणा देउवा, केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराई, विमल सुवेदीको उपस्थिति थियो ।

कार्य समितिको निर्णय नगरी माथिको आदेशमा अवैधानिक ढंगले विधि र विधान भन्दा बाहिर गएर कांग्रेसीहरुको आस्थामा चोट पुग्ने गरेर गरिएको अधिवेशनको चर्को विरोध गर्नुका साथै घोर भर्सना गर्दै विज्ञप्ती निकालेका छन्।

छैठौ अधिवेशनबाट गोला प्रणालीले नेतृत्व तय गरिएको जम्बो टोलि रहेको नेपाली जनसम्पर्क समिति जापानको ७औं अधिवेशन भर्चुअल माध्यमबाट गरिने जानकारी २४ घण्टा अगाडि मात्र सूचना सार्वजनिक गरिएर संस्थापन पक्षले एक लौटी अधिवेशनमा गरेको अर्कों पक्षको आरोप छ ।

स्वघोषित महाधिवेशन प्रतिनिधि भनिएकाहरु नेपाली जनसम्पर्क समिति जापानको महाधिवेशन प्रतिनिधि हुन नसक्ने भन्दै समितिभित्रबाट नै चर्को आलोचना समेत हुदै आएको छ।

क्षेत्रिय अधिवेशनहरु नभएको, क्रियाशिल सदस्यहरुको नामावली समेत सार्वजनिक नगरेको,क्रियाशिल सदस्यहरुले फारम भरेपनि आफुले दस्तुर समेत तिर्न नपाएको भन्दै,कार्यसमितिमा बैठकनै नगरी केहि समुह र आशिर्वादको भरमा बार्गेनिङ गर्दै महाधिवेशन प्रतिनिधि भनेर घोषणा गरिएको अर्कों पक्षको आरोप छ ।

केन्द्रको महाधिवेशनमा नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापती नेका केन्द्रिय सुचना सञ्चार तथा प्रचार विभागका सदस्य नारायण सुवेदी, रामकृष्ण बम मल्ल लगाएतले नेपालको यात्रा गर्नु भएको छ ।

यता जापानमा भने असन्तुष्ट कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले समानान्तर गतिविधि गर्नुका साथै २४ गते हुने दाबी विरोधका लागी तयारी गरि रहेको एक सदस्यले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको अबस्थामा जापानको बिवादलाई केन्द्रले समाधान गरेर जाने नेपाली जनसम्पर्क समितिका एक नेताले बताउनु भयो ।

जापानबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरु
१, लाल बहादुर केसी
२, नारायण सुवेदी
३, डा.बलराम श्रेष्ठ
४, भुपि गोबिन्द श्रेष्ठ
५, डिपी कँडेल
६, राजेन्द्र प्रसाद जमरकटेल
७, पदमपानी चापागाई (पितम्बर )
८, रामकृष्णा बम मल्ल
९, नवराज थापा
१०, बिष्णु अर्याल
११, डा.सुदिप अधिकारी
१२, युवराज अधिकारी
१३, बाबुराम सापाकोटा
१४, रामजंग कार्की
नेपाली जनसम्पर्क समिति असन्तुष्ट पक्षको पत्र

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: